२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुद्दाको पेसी सरेपछि सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।

पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । ‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए ।

नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ । नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३० (भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस