२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज आइतबार सुनको मूल्य

today gold price in nepal

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।

सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस