२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको मुद्दा हेर्न नभ्याइने भएपछि एसिया कप अब के हुन्छ ?

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन ३२ गते तोकिएको थियो । उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितको आमाको जन्म मिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको हो । अदालतले सन्दीपको अर्को पेसी भदौ २१ गतेका लागि तोकेको छ । पेसी सरेपछि सन्दीप बुधबारदेखि पाकिस्तानका आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने बताइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघिनै सन्दीपलाई एसिया कप टोलीमा समावेश गरेको छ ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेसी चढे पनि स्थगित भएका थिए । सन्दीप विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । सन्दीप फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि।सं २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस