२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिउँदै रहेका नेतालाई गाउँपालिका अध्यक्षले ‘मरेर गाडिसक्यौं’ भनेपछि…!

Chairman of the village council

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका अध्यक्षले जिउँदै रहेका व्यक्तिलाई मरेको भनेपछि एमालेले आपत्ति जनाएको छ । एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्कासँग गाउपालिका अध्यक्ष डम्बर बिक ‘तूफान’ले जिउँदै रहेका एमाले बाँकेका जिल्ला अध्यक्ष तथा पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई मरिसकेको बताउँदै अपशब्द बोलेपछि एमाले बाँकेले आपत्ति जनाएको हो ।

नेता खड्का र तुफानबीच भएको फोन संवाद बाहिरिएपछि एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । सार्वजनिक अडियोमा खजुरा गाउँपालिकाको मोबाइलमा फोन गरेका खड्काले पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई सोधेको सुनिन्छ । त्यसक्रममा आक्रोशित हुँदै अध्यक्ष बिकले ‘किस्मत त मरेर अस्ति मट्टी दिइसकेम’ भन्छन् ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाइलमा खड्काले फोन गरेको बुझिन्छ । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

यस्तो छ उनीहरुबीचको संवादः
तूफान : तपाईं को ?
खेम : नाइँ नाइँ ‘मैले त किस्मतलाई खोज्या हो ।’
तूफान : किस्मत त मरेर अस्ति मट्टी दिइ सकिम्
खेम : ठीकै छ, तपाईंले त्यो भाषा प्रयोग गरेपनि ।

तूफान : तपाईं को भन्नु न, अर्काको फोनलाई किस्मत भनेर गर्नी ?

खेम : ठीकै छ, कहिलेकाहीँ त मिस्टेक हुन्छ नि ।

तूफान : अरे राख्नु न यार फोन ।

खेम : ठीकै छ, तपाईंले राखेपनि हुन्छ ।

तूफान : फोन राख न बे ।

तूफान : तैंले राख्न बे तैले गरेको होस् ।

खेम : गर्न न गरेको हो मैले ।

तूफान : साला किस्मतको चोर ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस