२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नाइल बाँध विवादः इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता सुरु

Nile Dam Controversy

इजिप्ट । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ ।

आइतबार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल सुरु भएको हो । इजिप्टका जलस्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीन वटै देशको हीत र चासोलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।

तीन देशको सहमति बिना बाँध सञ्चालन गर्नु तीन देशले सन् २०१५ मा हस्ताक्षरको उल्लङ्घन हुने बताए । इथियोपियाले इजिप्ट र सुडानको विरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो । जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो । यसबाट ६ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो । सिन्ह्वा

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस