२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले कोशीका सबै पालिकामा असोज ५ गते प्रतिनिधि छनोट गर्ने

काठमाडौं । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

जसअनुसार एकै दिन अर्थात असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा प्रतिनिधि छनोट गरिनेछ । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि ल्याउने एमालेको तयारी छ । एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । त्यत्तै एमाले प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते सपथग्रहण गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस