२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोसाइँकुण्ड जान नसक्ने उत्तिकै फल पाउन जान सक्छन् काठमाडौंको तारकेश्वर कुण्ड

काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नानको अति नै महत्व रहेको छ । यो दिन गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूर्णिमाको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।

शारिरीक अवस्था, स्वास्थ्य व व्यस्तताका कारण गोसाइँकुण्ड जान असम्भव हुनेले उक्तिकै फल पाउँन काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको कुण्डमा जान सक्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । गोसाइँकुण्ड रसुवाको लाङटाङ राष्ट्रिय निकुन्जमा छ भने तारकेश्वर कुण्ड काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा न ३ उत्तरी भेग शिवपुरी राष्ट्रिय निकुञ्ज काखमा अवस्थित तारकेश्वर धाममा रहेको छ । आज जनैपूर्णिमा पर्वमा यहाँपनि भव्य मेला लागेको छ । हेरौं केही तस्वीरहरु

 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस