२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब तत्काल झरी र बाढी–पहिरोको जोखिम छैन

weather forecast nepal

काठमाडौं । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले दावी गर्नुभएको छ । आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । ‘तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’ उहाँका अनुसार कोशी प्रदेशको संखुवासभा लगायतका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । तर झरी जस्तो भने छैन ।

आज र भोलि बेलुकाको समयमा पूर्व र मध्यका पहाडी भेगहरुमा तथा पोखरा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तुलनात्मक हिसाबले भोलि (शनिबार) कोशी, बागमती र गण्डकीको हकमा एक(दुई ठाउँमा मात्रै भारी वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले जानकारी दिनुभयो । ‘अहिले मनसुन सक्रिय छैन । नयाँ प्रणाली पनि तत्काल आउने देखिंदैन,’ वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘तत्काल झरी, बाढी(पहिरोको सम्भावना पनि छैन ।’

 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस