२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रधानमन्त्री प्रचण्डले भने अब माधव नेपाल निर्दोष सावित भए

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताउनुभएको छ । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताउनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ । ‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो,’ उहाँले भन्नुभयो, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’ नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उहाँले सुनाउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस