२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

UNMISS मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं । श्री तारादल गण (शान्ति सेना) तेह्रौ डफ्फाका २१४ जना शान्ति सैनिकहरु मिति २०८० भाद्र १४ गते United Nations Mission in South Sudan (UNMISS) का लागि प्रस्थान गरेका छन् । उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा South Sudan मा तैनाथ हुन प्रस्थान गरेको हो । यसअघि भाद्र १३ गते सोही मिशनमा सहभागी श्री शेर गण (शान्ति सेना) बाह्रौं डफ्फाका २१२ जना सैनिकहरु स्वदेश फिर्ता भएका थिए ।

अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ रहेको UNMISS मा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेश कम्पनीमा गरी १७०० फौज तैनाथ छन् । त्यस्तै, सेक्टर कमाण्डर १, स्टाफ अधिकृत ४७ र सैनिक पर्यवेक्षक १० जना सहित कुल १७५८ जना नेपाली सैनिक कार्यरत रहेका छन् । यो हाल नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खट्टिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हो ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस