२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङमा भीषण आगलागी, डेढ करोड बढीको क्षति

Fierce fire in Dang : दाङको तुलसीपुरस्थित गणपति तेल मिलमा आगलागी भएको छ । तुलसीपुर–६ स्थित शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगतै स्थानीय र प्रहरीले पानी टंयाकरहरुको सहयोगमा आगो नियन्त्रणको लिएका लिएको थिए ।

बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो । उहाँले आगलागीबाट दुई तले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेलमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीलेको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस