२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरखा–आँबुखैरेनी सडकमा कुकरभित्र सिसा, बारुद र लाइटर भरेर बम

गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निस्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको विष्फोटक पर्दाथ भएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिनुभयो ।

शंकास्पद वस्तु निस्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ । आज बिहानै ‘मर्निङ वाक’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सवारी आवागमन रोकिएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस