२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेस्रो जित

ICC Women's T-20 World Cup Nepal

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन मात्रै बनाउन सक्यो। ४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर जित हात पार्यो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए। कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाईन्। भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिईन्। अन्जु गुरुङ र सोनमले समान १÷१ विकेट लिईन्।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डङगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन्। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अब आफ्नो चौथो खेलमा भोलि कतारसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलवार युएईसँग खेल्ने कार्यतालिका रहेको छ।

प्रतियोगिताको सेमिफाइनल खेल २१ गते हुनेछ भने फाइनल खेल २२ गतेका लागि तय गरिएको छ। प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस