२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

असह्य पीडामा छन् मेयर बालेन: जन्मिएका दुई सन्तानमध्ये एकको निधन एक आईसीयूमा, पत्नीपनि बिरामी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीशोक परेको छ । एक साताअघि जुम्ल्याहा पुत्रीलाभ भएका उहाँका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिनुभएको थियो । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालले बालेनकी अर्की छोरीलाई एनआईसीयूमा उपचार भइरहेको पुष्टी गरेको छ ।

‘बालेनजीको एक बच्चाको निधन भईसक्यो, एक छोरी अस्पतालमै छिन् । सबिनाजीकोचाहिं दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।’ अस्पताल स्रोतले भन्यो, ‘हामीले भन्न मिल्ने यति हो, अरु कुरा उहाँहरुको व्यक्तिगत कुरा हो।’ अहिले बालेन र उहाँकी श्रीमती शोकमा हुनुहुन्छ । एउटी छोरीको निधन भएको पीडा र अर्की छोरी बिरामी भएको पीडाले उहाँहरु समस्यामा हुनुहुन्छ । सविना काफ्लेको स्वास्थ्य पनि ठिक नरहेको अवस्था छ । यहि बेला सविना काफ्ले चढेको गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि बालेनले आक्रोशपूर्ण स्ट्याटस लेख्नुभएको बुझिन्छ । यहि विषयलाई लिएर बालेनको आलोचनासमेत भईरहेको छ । कतिपयले भने बिरामीलाई रोकेर अनावश्यक केरकार गरेको भन्दै प्रहरीको आलोचनासमेत गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस