२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमती चढेको गाडी ट्राफिकले रोकपछि पो बालेन शाहले भनेका रहेछन्– सिंहदरबारमा आगो लगाइदिन्छु !

Balen Shah With Wife (2)

काठमाडौं । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभयो– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । सरकारप्रति आक्रोशित युवा जमातले उहाँलाई समर्थन गरेको देखिएको छ भने धेरैले बालेनलाई गलत स्टाटस भन्दै चर्को आलोचना गर्नुभएको छ । समाचार तयार पार्दासम्म एक लाख भन्दा बढीले कमेन्ट गरिसक्नुभएको छ । बालेनले उक्त स्टाटस किन राखे भन्ने चौतर्फी चासो भइरहेका बेला शनिबार दिउसोको घटनासँग सम्बन्धित रहेको स्रोतले जानकारी दिएको छ ।

बालेनले उक्त स्टाटस शनिबार बेलुका ९ बजेर २१ मिनेटमा राख्नुभयो । बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । तर शनिबार काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेको सरकारी गाडीमा बालेनकी श्रीमती रहेको स्रोत बताउँछ । उपत्यका ट्राफिक प्रमुख डीआईजी पोषराज पोखरेलले पनि कोटेश्वरमा काठमाडौं महानगरपालिकाको सरकारी गाडी रोकिएको पुष्टि गर्दै बिदाको दिनमा चलाउन पास चाहिन्छ भनेर चालकलाई भनेको जानकारी दिनुभयो ।

चालकले सोधपुछका क्रममा गाडीमा म्याडम हुनुहुन्छ भनेर जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको स्रोत बताउँछ । चेक जाँचमा खटिनुभएका प्रहरी अधिकारीका अनुसार गाडीमा बालेनकी श्रीमती सवार हुनुहुन्थ्यो ।

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो…!

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस