२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब, नभए सरकार नै ढल्ने

काठमाडौं । समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले जुनसुकै बेला सरकार छाड्नुपर्ने परिस्थिति बन्नसक्ने संकेत गर्नुभएको छ । ‘यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । जे गर्छु राम्रो काम गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन, टेन्सन पनि छैन’, प्रचण्डको भनाइ थियो ।

प्रचण्डको अभिव्यक्तिबाटै पुष्टि हुन्छ, उहाँलाई सत्तामा टिकिराख्न त्यति सहज छैन । तर, उहाँले आशंकाबीच गठबन्धनमा अझै राम्रो भइरहेकोसमेत जिकिर गर्नुभयो । तर नेपाली कांग्रेसको एंगलबाट हेर्दा राम्रो भइरहेको छैन । सत्ता गठबन्धन चलिरहेका बेला प्रचण्डले अर्को मोर्चा बनाएर आगामी चुनावी लाभको तयारी थालेकाले अब प्रचण्डसँग सत्ता साझेदारी कायम राखिराख्न नहुने निश्कर्षमा कांग्रेस पुगेको छ ।

यदि सरकारमा नै बस्नेभए गृहमन्त्री माओवादीबाट खोसेर कांग्रेसले लिनुपर्ने र सत्ताको जस लिनुपर्नेमा कांग्रेसको जोड छ । यस्तो अवस्थामा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदा लिनुपर्ने हुन्छ । यो संकेत स्वयं श्रेष्ठलेपनि गरिसक्नुभएको छ । सरकारले सुशासनको अभियान थालेकाले आफूलाई हटाएर असफल पार्ने प्रयास भइरहेको उहाँले बताइनै सक्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस