२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत–पाकिस्तानबीचको खेलबाट पाकिस्तान सुपर ४ मा, भारतको भविष्य नेपालको हातमा

काठमाडौं । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाले बिथोलेको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १–१ अंक बाँडेका छन् ।

सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर दोस्रो इनिङमा लगातार पानी परेपछि पाकिस्तानले ब्याटिङ गर्न सकेन । खेल रद्दको घोषणा गरिएको छ ।

पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम सुपर फोरमा पुग्ने छन् । अंक बाँड्नुपर्ने अवस्थामा नेपाल बाहिरिने छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस