२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गत साता ओरालो झरेको सेयर बजार यो साता के हुन्छ ?

nepal share market today

What will happen to the stock market this week ?

बितेको साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २०.५४ अङ्कले घटेर १ हजार ९९३।३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ इकाई सेयर कारोबार भएका थिए ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५.०९ ले बढेर १ हजार ९९८.४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए । कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५.०५ अङ्कले घटेर १ हजार ९९३.४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा खुम्चिन पुगेको थियो ।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अङ्कले घटेर १ हजार ९९०.५९ अङ्कमा कायम भएको छ । कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार २९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

यो साताको पहिलो दिन आज आइतबार सेयर बजार खुल्नासाथ सकारात्मक संकेत देखिएको छ । तर यो लामो समय टिक्न नसक्ने सेयर बजार विश्लेषकको दावी छ । आजपनि अन्तिम समयसम्म सेयर बजारले आरोलो यात्रा नै पक्रिने उनीहरुको दावी छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस