२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनबाट नेपाल घुसेकी महिला चेक जाँच गर्दा प्रहरी नै झस्कियो

काठमाडौं । चीनबाट सुन तस्करी गरेको आरोपमा महिला पक्राउ परेकी छिन् । शनिबार रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका ३ बुद्धिम निवासी पाछेमु तामाङ पक्राउ परेकी हुन् । चीनबाट अवैध रुपमा सुन तस्करी गर्दै गरेको भन्नै सूचनाका आधारमा पाछुमुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले बताएका छन् । उनका अनुसार केरुङबाट लुकाइछिपाई रसुवागढी नाकाबाट नेपाल ल्याउँदै गर्दा १ किलो सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी ४१ वर्षीया पाछेमुले यसअघि पनि लुकाइछिपाइ चीनबाट सुन तस्करी गरेको आशंका गरिएको छ । पक्राउ गरेपछि बिरामी देखिएकी पाछेमुलाई उपचारका लागि रसुवा अस्पतालमा भर्ना गरिएको छ । हाल उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस