२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : आसिफ शेखले ७ चौका सहित अर्धसतक पूरा गरे

Aasif Sheikh Half-Century Nepal Vs India : नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् । आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस