२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : खुशीको खबर पानी रोकियो, निरीक्षण पछि अम्पायरले खेल सुरु हुने समय तोके

Nepal Vs India Live : खुशीको खबर छ । एसिया कप अन्तर्गतको नेपाल र भारतबीच जारी क्रिकेट खेल फेरि सुरु हुँदैछ । केही समय अघि बर्षाका कारण खेल रोकिएको थियो ।

अम्पायरहरूको निरीक्षण पछि स्थानीय समय ६ः४५ मा खेल पुनः सुरु गर्ने आदेश आएको छ । खेल जहाँ रोकिएको थियो त्यहाँबाट सुरु हुनेछ। वर्षा रोकिएको छ र ग्राउन्ड स्टाफले कभरहरू हटाएका छन् । जमिन सुकाउने प्रक्रिया चलिरहेको छ। खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनसहित क्रिजमा छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस