२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : भारतविरुद्ध नेपालको शानदार ब्याटिङ, २३१ रनको लक्ष्य दियो

Nepal Vs India Live : नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस