२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोकप्रिय श्लोकवाचि सरु गुरागाईं बचाउन आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य

काठमाडौं । घाँटीको क्यान्सरबाट पीडित लोकप्रिय श्लोकवाचिका सरु गुरागाईंलाई आर्थिक सहयोगको ओइरो लागेको छ । उहाँका श्रीमान मुरारी गुरागाईंले ‘गो फन्ड मी’ मा सहयोग आह्वान गर्दा ५ दिनमै ५८ हजार डलर (७७ लाख रुपैयाँभन्दा बढी) उठेको हो ।

मुरारीले ५० हजार डलर उठाउने घोषित लक्ष्यसहित ‘फन्ड रेज’ सुरु गर्नुभएको थियो । तर, ४ दिनमै उक्त लिमिट क्रस भएपछि उहाँले लक्ष्य बढाउनुभएको छ । अब ७५ हजार डलर उठाउने उहाँको लक्ष्य छ ।

सरुको कवितावाचनका प्रशंसकहरुले देश–विदेशबाट उहाँलाई सहयो गर्नुभएको छ । अहिलेसम्मको सूचीमा सर्वाधिक व्यक्तिगत सहायता खेम निरौलाले ४०१ डलर प्रदान गर्नुभएको छ । तीन सय डलरभन्दा बढी सहयोग गर्ने चार जना हुनुहुन्छ । यस्तै, २१ जनाबाट २ सय डलरभन्दा बढी सहयोग आएको छ । इलाम निवासी सरु र मुरारी विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आइरहनुभएको छ । सरुलाई एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । केही दिनअघि उहाँको थाइराइडको शल्यक्रिया भएको छ । अहिले उहाँ रिकभरिको चरणमा हुनुहुन्छ । सरु र मुरारीका सात वर्ष र २२ महिनाका दुई सन्तान छन् ।

Throat Cancer : अत्यन्तै लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंलाई घाँटीको क्यान्सर, अमेरिकामा उपचार हुँदै

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस