२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपाल कामीले भारतका स्टार ब्याट्सम्यान विराट कोहलीबाट जुत्तामा हस्ताक्षर गराए

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले नेपाल – भारतबीचको खेल सकिएपछि भारतका स्टार खेलाडीहरुसँग रमाइला पल बिताएका छन् । उनले भारतका स्टार ब्याट्सम्यान विराट कोहलीबाट जुत्तामा हस्ताक्षर गराएका छन् । यो जुत्ता उनले घरमा राख्नेछन् । सोमबार श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको एसिया कप २०२३ को भिडन्तपछि उनले भारतीय खेलाडीहरुसँग कुराकानी गरेका छन् ।

खेल पछि कामीले एक इन्स्टाग्राम पोस्ट साझा गरे । जहाँ गर्वका साथ जुत्तामा हस्ताक्षर गरेको तस्वीर समेटेका छन् । कोहलीले आफ्नो लागि अटोग्राफ दिएको उल्लेख गरेका छन् । उनले लेखे, पूर्व भारतीय कप्तान केवल एक क्रिकेटर भन्दा धेरै माथी भावनात्मक व्यक्तिपनि हुनुहुन्छ । सोमपाल नेपालका तिब्र गतिका बलर हुन् ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस