२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोहितले भने भारतसँग जित्न सकिने रहेछ : मध्यक्रममा ब्याटिङ राम्रो र बल पक्रिन सक्ने मौसम भए

काठमाडौं । खेल हारेपछि कुरा गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेलले भारतसँगपनि मुकाविला गर्न आफ्नो टोली सक्षम भइसकेको अनुभव गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, हाम्रा ओपनिङ ब्याट्सम्यानले निकै राम्रो खेले । मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सक्थे तर त्यसो हुन सकेन । पौडेलले भने, हाम्रो कुल स्कोरमा ३० रन कम भइदियो ।

मध्यक्रमका ब्याट्सम्यानले अलिक राम्रो गर्न सकेका थियौं भने २६० देखि २७० रनसम्म लक्ष्य पुग्थ्यो । हाम्रा तल्लो क्रमका ब्याट्सम्यानले पछिल्लो ४–५ महिनादेखि राम्रो प्रदर्शन गरिरहेका छन् । तर दुर्भाग्यपूर्ण भारतसँगको खेलमा हुन सकेन । बाहिरिने क्रममा उनले भने, परिस्थिति साँच्चै गाह्रो थियो । बल समात्न निक्कै मुस्किलको मौसम बनिदियो । तरपनि हाम्रा बलरहरूले धेरै राम्रो बलिङ गरे।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस