२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले अचानक दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले अचानक राजीनामा दिनुभएको छ । काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गर्नुभएको छ । ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उहाँले फेसबुकमा लेख्नुभएको छ । काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बाग्मती प्रदेशका पार्टीका सांसदलाई धन्यवादसमेत दिनुभएको छ । स्रोतका अनुसार आफूले मन्त्री माग्दा प्रमुख सचेतक थमाइएकाले असन्तुष्ट काफ्लेले मन्त्रीकै लागि राजीनामा दिएको बुझिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस