२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधानमन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा भर्ना हुनुभएको थियो । उहाँको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि अस्पतालमा आराम गरिरहनुभएको छ ।

शल्यक्रियापछि अस्पतालकै वार्डमा रहनुभएका उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सक तथा अस्पताले जनाएको छ ।उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्री प्रचण्डले बुधबार अस्पतालमै पुगेर जानकारी लिनुभएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस