२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कृष्ण जन्माष्टमीमा भजनसहितको रथयात्रा

म्याग्दी । हिन्दू धर्मावलम्बीको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीले भगवान् श्रीकृष्णको बाल रूपसहितको रथयात्रा निकालेका छन् । बेनीबजारको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीको अग्रसरतामा कृष्णाष्टमीको अवसरमा श्रीकृष्णको रथयात्रा गरिएको हो । विद्यालयका बालबालिका राधाकृष्णको रूपमा सजिएर बेनीबजारको परिक्रममा गरेका छन् ।

 

विद्यालयका प्रिन्सिपल दीपक सुवेदीले बालबालिकालाई आफ्नो आस्था जगाउनुका साथै परम्परालाई निरन्तरता दिन रथयात्रा आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीले तयारी गर्नुभयो अनि हामीले समन्वय गरेका हौँ ।’

यसैबीच नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) म्याग्दीले पनि जिल्ला समन्वय समिति म्याग्दीको सभा हलमा कृष्णाष्टमीको पूजा सुरु गरेको छ । सङ्घले कृष्णाष्टमीको पूर्वसन्ध्यामा बुधबार कीर्तनसहित बेनीबजार परिक्रमा गरेर कृष्णाष्टमीको निमन्त्रणा गरेको थियो ।

 

भजन कीर्तनसहित बजार परिक्रमा गर्न निस्केको इस्कोनको टोलीले भजन र नृत्य प्रस्तुत गर्दै निमन्त्रणा कार्ड वितरण गरेको इस्कोन म्याग्दीका अमर कटुवालले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस