२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खुकुरी प्रहारबाट गम्भीर घाइते कांग्रेसका सहमहामन्त्रीको शल्यक्रिया हुँदै

Mahendra Yadav Health update

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।

डा. रिजालका अनुसार उहाँको टाउको र जिउमा गम्भीर चोट लागेको छ । उहाँले भन्नुभयो, “उहाँको टाउको र जिउमा गम्भीर चोट लागेको छ । सिटी स्क्यान गर्दा टाउको भित्र चोट देखिएन । उहाँको शल्यक्रिया हुँदै छ ।” शल्यक्रियापछि यादवलाई २४ घण्टामा आइसियुमा अब्जरभेसन राखिने डा. रिजालले जानकारी दिनुभयो । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस