२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ । राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुग्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको छ ।

कृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस