२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वडा अध्यक्षको निधनपछि मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ । डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उहाँहरु अस्पताल पुग्नुभएको हो । ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिनुभएको छ ।

रिजालको बिहान निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनुभएका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस