२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

न्यायाधीश कार्कीको इजलासमा सुरु भयो अन्तिम फैसला बहस, सन्दीप र गौशाला–२६ दुवै उपस्थित

sandeep lamichhane

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस प्रारम्भ गरिएको हो । सरकारी वकिल सुरवीर परियारले बहस सिध्याउनुभएको छ वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहनुभएको छ । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । आज दुवै पक्षको बहस सकिने सम्भावना न्यून छ । यदि न्यायाधीशले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिनुहुनेछ । उहाँले नै फैसला सुनाउनुहुनेछ । अन्यथा फेरि अर्को पेशी तोकिनेछ ।

फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन् । यस्तै जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै रहेको स्रोतले बताएको छ । बन्द इजलासमा बहस भइरहेकाले असम्बन्धित व्यक्तिहरुलाई प्रवेश दिइएको छैन । यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन । न्यायाधीशहरूले विभिन्न बहाना गरेर सुनवाइ टार्दै आएको देखिन्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस