२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतबाट फर्किए जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाली राजनीतिले फेरि यूर्टन लिने संकेत

Jaspa President Upendra Yadav returned from India

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किनुभएको छ । भदौ ८ गते केरेलाको एउटा वैवाहिक समारोहमा सहभागी हुन भारत जानुभएका का उपेन्द्र यादव १४ दिनपछि स्वदेश फर्किनुभएको हो । अध्यक्ष यादव भारतको उत्तर प्रदेश, विहार, झारखण्ड हुँदै जनकपुर आउनुभयो ।

जनकपुरबाट उहाँ आजै काठमाडौँ आइपुग्नुभएको जसपाका एक नेताले बताउनुभयो । भारतमा हुँदा विभिन्न उच्च स्तरीय राजनीतिक भेटघाट गर्नुका साथै आफ्नो केही पुराना राजनीतिककर्मी साथीलाई भेटघाट गर्नुभएको छ । उहाँले धेरै समयपछि भारतको लामो भ्रमण गर्नुभएकाले नेपालको राजनीतिमापनि यसले केही फरक पार्ने संकेत देखिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस