२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन

Nepal Financial Institutions Association

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आईसीएफसी फाइनान्सका सीईओ सुनिल पन्त चयन हुनुभएको छ । पोखरामा सम्पन्न संघको साधारणसभाले पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै संघको प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ, द्वित्तीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्स सीईओ राजोजमान श्रेष्ठ, महासचिवमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका सीईओ नारायण सुवेदी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा प्रोग्रेशिभ फाइनान्सका अनिल श्रेष्ठ, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्सका लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सन्तोषकुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका राजेशकुमार श्रेष्ठ, मल्टिपर्पस फाइनान्सका रजनीश कुमार सिंह र जानकी फाइनान्सका दिनेशकुमार शर्मा चयन हुनुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस