२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । आज बेलुका ५ देखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुई पक्षबीच सम्भावित झपडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताएउनुभयो । अहिले अवस्थामा सामान्य रहेको उहाँको भनाइ छ । “आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ,” उहाँले भन्नुभयो ।

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाईफायर गरेको थियो । सोही विषयमा शनिबारै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय–सर्वपक्षीय समन्वय बैठक बसेको थियो । बैठकबाट धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरिएको थियो । यस्तै, सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने बैठकबाट निर्णय गरिएको प्रजिअ यादवले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस