काठमाडौं, भाद्र २४ गते आइतवार । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको थियो । आज आइतबार भने ४ सयले घटेको छ । आज बजारमा छापावाल सुन तोलामा चार सयले घटेर १ लाख ११ हजार ९ सय कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १ लाख १२ हजार ३ सय रुपैयाँँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।