२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रीमाथि खनिए किसान, चप्पल फुकालेर हान्छु भन्दै ज्यानमात्रै पाल्ने भए फर्ममा जागिर खान बोलाए

बुटवल, भदौ २५ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरविरुद्ध किसान आक्रोशित हुनुभएको छ । सरकारका कुनै पनि कार्यक्रम किसानमैत्री नभएको भन्दै किसानले मन्त्रीलाई चप्पल हान्नेसम्मको चेतावनी दिनुभयो ।

सैनामैनामा बाख्रापालन गर्ने व्यवसायिक किसान प्रेमसागर पौडेलले जनताले बनाएका मन्त्रीले किसानको पक्षमा काम नगरेको भन्दै आक्रमण हुने सक्ने चेतावनी दिनुभयो । पशुपंक्षी तथा मत्स्‍य निर्देशनालयले आइतबार बुटवलमा गरेको सार्वजनिक कार्यक्रममा उहाँले भन्नुभयो, जनताले बनाएको मन्त्री हो । चप्पल फुकालेर मन्त्रीलाई हान्न सक्छु । हामीले मन्त्रीलाई भनेका छौं । यो तरिका, कार्यक्रम र बजेटले हाम्रो उत्पादन र उत्पादकत्व बढ्दैन ।’

नीति निर्णय गर्ने ठाउँमा बसेर अरुमाथि अन्याय गर्न नहुने उहाँले बताउनुभयो । ‘मन्त्रीज्यू, यो तरिकाले मन्त्री नहुनुस् । ज्यान पाल्न अरू तरिकाले सकिन्छ । मैले ५०० बाख्रा पालेको छु । आउनुस् म तपाईंलाई पनि पालिदिन्छु । तर, नीति निर्णय गर्ने ठाउँमा बसेर अरुमाथि अन्याय गर्नु भएन ।’ निर्देशनालयले मन्त्री अहिरलाई प्रमुख अतिथिको रूपमा कार्यक्रममा आमन्त्रण गरेको थियो । पौडेलले निमित्त निर्देशक डा. प्रवेश सिंह कुँवरले रोक्न खोजेपछि उहाँलाई पनि चेतावनी दिनुभएको थियो। व्यवसाय गरिरहेका किसानहरू टिक्ने अवस्था नरहेको उहाँले गुनासो गर्नुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस