२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादव ४४ बर्षको उमेरमा निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उहाँ दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत उहाँको आज निधन भएको अस्पतालले जनाएको छ ।

आज बिहान साढे ८ बजे उहाँको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिनुभयो । यादव समानुपातिक सांसद हुनुहुन्थ्यो । दोस्रो मधेश आन्दोलनमा उहाँको सक्रिय भूमिका थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस