२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अन्त्येष्टि गर्न बेलायत र अष्ट्रेलियाबाट नेम्वाङका छोराहरु फर्किदै, १५ दिन अघि मात्र उडेका थिए कान्छा

काठमाडौं । सोमबार राति निधन हुनुभएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ। उहाँका दुबै छोरा विदेशमा रहेका कारण उहाँको अन्त्येष्टि पर्सीमात्र गर्न लागिएको हो। अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र त्यो दिन शोक बिदा दिने सरकारले निर्णय गरिसकेको छ ।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्नुहुनेछ । उहाँ सपरिवार बेलायत बस्दै आउनुभएको छ । १५ दिनअघि अष्ट्रेलिया जानुभएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिनुभयो ।

नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै हुनुहुन्छ । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा दिनभर राखेको छ । आज ५ बजेसम्म र भोलि ९ देखि १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने एमालेले सूचना जारी गरेको छ । नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस