२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।

उहाँले राजधानी, नेपाल समाचारपत्र, नागरिक, आर्थिक दैनिक, बाह्रखरी लगायतका अनलाइनमा पनि काम गर्नुभएको छ । पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस