२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेम्वाङको यसरी निस्कियो शवयात्रा : पशुपतिनाथमा हिन्दु र किँरात परम्पराले अन्त्यष्टि [ भिडियोसहित ]

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्तिम महाप्रस्थान उहाँको नीजि निवासबाट सुरु भएको छ । संविधान सभाका अध्यक्ष नेम्वाङको शवयात्रा नीजि निवास बालुवाटारबाट शंखपार्क तर्फ अघि बढिसकेको छ । अन्तिम संस्कार दिउँसो आज ११ बजे पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा राजकीय सम्मानका साथ सम्पन्न हुनेछ ।

अन्तिम संस्कार हिन्दु र किँरात परम्परा अनुसार हुनेछ । शवयात्रा निजी निवास देखि महाराजगन्ज चोक हुदै अघि बढ्ने छ। निजी सवारी साधन सहित समाबेश हुन चाहनेहरु धुम्वाराही शंक पार्कबाट पार्थिव शरीर राखिएको गाडीको पछि जोडिन सक्नु हुनेछ ।

पैदल शवयात्रामा जोडिन चाहनेहरु गौशाला चौकको पशुपति तर्फजाने सडकबाट जोडिन सक्नु हुनेछ । पशुपति आर्यघाटमा सिधै जान चाहनेहरु ११ बजे अगावै पुग्नु उचित हुनेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस