२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशसँग भारत ६ रनले पराजित

काठमाडौं । एसिया कप क्रिकेट २०२३ को अन्तिम सुपर फोर खेलमा बंगलादेशसँग भारत पराजित भएको छ । भारत मात्र ६ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएर, भारतलाई जितका लागि २६६ रनको लक्ष्य दिएको थियो । बंगलादेशका लागि कप्तान शकिब अल हसनले सर्वाधिक ८० रन बनाए भने तौहिद हृदयले ५४ रनको इनिङ खेले । भारतका लागि तेज बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । मोहम्मद शामीले २ विकेट लिए ।

अक्षर पटेल, रविन्द्र जडेजा र प्रसिद कृष्णले १–१ विकेट लिए । जवाफमा लक्ष्य पछ्याउने क्रममा भारतले निर्धारित ५० ओभरमा २५९ रन मात्र बनाउन सक्यो र बंगलादेशले खेल जित्यो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस