२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआईसी एशिया बैंकले घोषणा गर्यो लाभांश, ८ वर्ष यताकै सबैभन्दा धेरै

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको २०८० भदौ २८ गते बिहीबार बिहान १०ः०० बजे बैंकको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न बैंकको सञ्चालक समितिको ६२९ औं बैठकले आर्थिक वर्ष २०७९–८० को बाट कुल ३०.५२६३ प्रतिशत (३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको २९ प्रतिशतका दरले हुन आउने रकम ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बोनस सेयर र १.५२६३ प्रतिशतका दरले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरिएको हो ।

आव २०७९–८० बाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी २६ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात् प्रचलित ऐन कानून बमोजिमका प्रक्रियाहरु पूरा गरी वितरण गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँ रहेको छ । प्रस्तावित २९ प्रतिशत बोनस सेयर पुँजीकरणपछि बैंकको चुक्ता पुँजी १४अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ कायम हुनेछ ।

पुँजी कोष अनुपात कायम गर्न नसक्दा बैंकले आव २०७७–७८ र आव २०७८–७९ बाट सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । तीन आर्थिक वर्षमा बैंकले एकमुष्ट रुपमा साढे तीस प्रतिशत लाभांश वितरण गर्न लागेको हो । बैंकले आव २०७६–७७ बाट भने सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस