२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तस्बिरमा हेर्नुस् ‘बालबालिकासँग केपी बा’ कार्यक्रम कस्तो राम्रो व्यवस्थापन भन्दै बा दंग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तासँग नयाँ धेरै छ भन्नुभएको छ । उहाँले नयाँबाट सबैले सिक्नु पर्छ भन्नुभयो । कार्यक्रममा नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गर्नुभयो ।

‘बासँग बालबालिका’ कार्यक्रमका सहभागीहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्व प्रधानमन्त्री ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताउनुभयो । उहाँले नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न उहाँले आग्रह गर्नुभयो । ओलीले भन्नुभयो– नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन । तपाईँहरू मेहनती बन्नुस् ।

कार्यक्रम सकिएपछिपनि ओलीले सामाजिक सञ्जालमा कार्यक्रमको नाम थियो, बासँग विद्यार्थी, मलाई लाग्यो – विद्यार्थीसँग म। भन्दै तस्वीर पोष्ट गर्नुभएको छ । उहाँले थप लेख्नुभएको छ । ससाना बालबालिकाले आयोजना गरेको कार्यक्रम, कस्तो राम्रो व्यवस्थापन ! नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नु पर्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस