तुलसीपुर । दाङमा अफनै छोराले बाबुको हत्या गरेका छन् । हिजो राति घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षिय छोरा सन्तोष केसीले ५१ वर्षिय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका छोरा सन्तोषले घरमै सुतिरहेका बुबालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो ।
कुटपिट गर्ने छोरा सन्तोष केसीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्ले जानकारी दिनुभयो ।