२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

लक्ष्मी र गणेशलाई सम्मान गर्दै नयाँ कार्यसमित बनाएर काठमाडौं फोटोग्राफर संघको अधिवेशन सम्पन्न

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम् ८ औँ अधिवेशन सम्पन्न भएको छ । फोटोग्राफर संघका सल्लाहकार रतनमान आँशुको प्रमुख आथित्यता र संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ र राजभाई सुवालको आथित्यतामा काठमाडौंको वानेश्वरमा रहेको अर्पण बैंक्वेटमा विविध कार्यक्रमसहित अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा समर्पित महिला फोटोग्राफर सम्मान लक्ष्मी जिसी धामीलाई प्रदान गरिएको थियो भने जेष्ठ सदस्य सम्मान गणेश कर्माचार्यलाई गरिएको थियो ।

यस्तै, साधारण सभाले अध्यक्ष हरि घिमिरे र उपाध्यक्ष आनन्द प्रभाकर घिमिरे सहित १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवगठित कार्यसमितिमा सचिव रेशमराज पण्डित, कोषध्यक्ष सुशिल ज्ञवाली र सह–सचिवमा रण बहादुर श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा हरि ज्ञवालि, किशोर रिजाल, कालिका प्रसाद रिमाल, माधब प्रसाद तिमल्सिना, कृष्ण पराजुली, राजकुमार बजगाइ, बसन्त जोशी, मनिस तमखु, मनिष तामाङ, भक्त राज श्रेष्ठ, अभिन माझि, चन्द्रलाल राई चयन भएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस