२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माछापुच्छ्रे बैंकको बोनस सेयर घोषणा

काठमाडौं। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ। बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। अघिल्लो वर्ष यस बैंकको सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस