२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण हुनुभएको छ । गत २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिनुभएको थियो । उहाँहरुमध्ये पारसमणि पोखरेल मात्र उतीर्ण हुनुभएको छ । उहाँको अन्तर्वार्ता सोमबार हुँदैछ ।

२९ जना जिल्ला न्यायाधीशका लागि गरिएको विज्ञापनमा आन्तरिक खुलामा १५ जना, खुला प्रतियोगितामा ७ जना, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जना माग गरिएको थियो । पोखरेलले आन्तरिक खुलाको १५ र खुला प्रतिस्पर्धाको ७ पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । न्याय सेवाको न्यायप्रशासन समूहका पोखरेल सर्वोच्च अदालतमा कार्यरत हुनुहुन्छ ।

अन्य कुनै पनि पदमा प्रतिस्पर्धा गरेका परीक्षार्थी उतीर्ण हुन सक्नुभएन । न्याय सेवा आयोगले गरेको विज्ञापन अनुसारको परीक्षा भने लोकसेवा आयोगले लिँदै आएको छ । जिल्ला न्यायाधीशको परीक्षामा परीक्षार्थीले चारवटा पत्रको जाँच दिनुपर्छ । जसमध्ये ३ वटा सैद्धान्तिक विषयमा र एउटा आदेश तथा फैसला लेखन सीप परीक्षणको पत्र हुन्छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस