२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा

पोखरा । सञ्चय बहुउद्देश्यीय सहकारी संस्था पोखराले आफ्ना सेयर सदस्यलाई यस वर्ष ११ प्रतिशत मुनाफा बाँड्ने भएको छ । संस्थाको २४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन समारोहमा सञ्चालक समितितर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नारायण कार्कीले उक्त जानकारी दिएका हुन् ।

सञ्चयको कुल १ हजार ५ सय ६८ सेयर सदस्यमध्ये ८ सय २२ जना महिला छन् । संस्थाको कुल सेयर पुँजी १२ करोड ७१ लाख ४९ हजार रहेको छ । निक्षेप ५२ करोड ८५ लाख ७७ हजार छ भने कर्जा ५७ करोड २५ लाख ७ हजार छ । यस वर्ष सञ्चयले २ करोड ९८ लाख मुनाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाका उपाध्यक्ष गणेशबहादुर थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा कोषाध्यक्ष राधाकृष्ण घिमिरेले आर्थिक प्रतिवेदन तथा प्रबन्धक दीपा श्रेष्ठले अडिट प्रतिवेदन प्रस्तुत गरे । यसैगरी, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक नेत्रनारायण सुवेदीले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव नवराज पौडेलले गरेका थिए ।

अध्यक्षमा थापा
सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा गणेशबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । समिति उपाध्यक्षमा नवराज पौडेल र कोषाध्यक्षमा नेत्रनारायण सुवेदी चयन भए । सचिव र सहसचिवको निर्वाचन भएकोमा क्रमश सूर्यप्रसाद बराल र इन्द्रकमल मानन्धर विजयी भए । सदस्य दिनेशबाबु खड्का, प्रतिभा शर्मा, भगवती रेग्मी शर्मा र सरस्वती अधिकारी निर्विरोध भएका छन् ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा यज्ञराज शर्मा तथा सदस्य कृष्णप्रसाद शर्मा र नारायण लामिछाने निर्वाचित भए । प्राध्यापक अम्बिकाप्रसाद भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समिति सदस्य पिताम्बर बराल र विष्णुप्रसाद बराल थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस