२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चारजना गम्भीर घाइते भएका हुन्।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन्। सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो। स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ। अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ। आँधीबाट चार सय पाँचजना विस्थापित भएका छन्। नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस